प्रोफेसर मियाँ अमेरिकी संस्थाको शान्तिदूत

‘मैले देखेको कतार’का लेखक तथा अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई अमेरिकी संस्था ग्लोबल पिस चेनले आफ्नो ‘शान्तिदूत’को उपाधि प्रदान गरेको छ । 

कतारबाट ‘शान्तिदूत’ छनोटमा पर्ने उनी एक मात्र व्यक्ति हुन् । ग्लोबल पिस चेनको सेलेक्सन कमिटीले उनले कतारमा रहेर नेपाली समुदायमा हार्दिकता, मेलमिलाप एवं उत्कृष्ट मानवीय तथा सामाजिक कार्य गरेको ठहर गर्दै उनलाई ‘शान्तिदूत’ उपाधि प्रदान गरेको हो ।

प्रोफेसर मियाँ लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाताका रूपमा कतारमा क्रियाशील छन् । उनी राष्ट्रिय मानव अधिकार समिति कतारमा पनि आबद्ध छन् । 

काठमाडौंको डाँछीमा जन्मिएका मियाँले पाकिस्तानबाट उच्च शिक्षा हासिल गरे । विगत १५ वर्षदेखि कतारलाई कर्मथलो बनाइरहेका मियाँका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जन किताब प्रकाशित छन् । 

मियाँ फारसी, मलेसियन, पस्तु, नेपाली, अंग्रेजी र हिन्दी भाषा राम्रोसँग बोल्न सक्छन् । कतारमा विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग र उद्धारको काममा उनले योगदान पुर्याउँदै आएका छन् । मियाँ ​साबिक डाँछी ३ हाल कागेश्वरी मनोहरा नगरपालिका ४ डाँछी काठमाडौका निवासी हुन। उनी बिगत १७ वर्ष देखि कतारमा कार्यरत छन् । बिवाहित मियाँका दुई सन्तान छन् । मध्यमबर्गिय परिवारमा जन्मेका मियाँका बुवा पेशाले अटो मेकानिक एवं हेभी भेहिकल ड्राइभर हुन।

उनी छिटै नै कतार बसाईको अनुभव समेटेर लेखिएको पुस्तकको अंग्रेजी र अरबी संस्करण सार्वजनिक गर्ने क्रममा छन् । 



आगामी वर्ष जनवरी २२ देखि २५ तारिखसम्म दोहामा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना हुने आयोजक समितिले जनाएको छ ।
 



  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १८:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया