logo-img

विश्वकप छनोटमा उरुग्वे शीर्ष स्थानमा

उरुग्वे विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार बिहान बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्दै आफूलाई तालिकाको शीर्ष स्थानमा उकालेको हो । 

उत्तर अमेरिकी महाद्वीपबाट विश्वकपमा सिधै ६ राष्ट्रले स्थान बनाउँछन् । जसमा उरुग्वे अहिले ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । उरुग्वेलाई जिताउन डार्विन ग्याब्रिएल नुनेजले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।

१५ औं मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा बोलिभियाका ग्याब्रिएल भिलामिलले आफ्नै पोस्टमा गोल गरेपछि उरुग्वेले अग्रता दोब्बर बनायो । ७१ औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा उरुग्वेले ३–० को सहज जित निकालेको छ । 

यसैगरी इक्वेडरले चिलीलाई  १–० गोल अन्तरले पराजित गरेको छ । इक्वेडरको जितमा एन्जल मेनाले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । इक्वेडर ६ खेलबाट ८ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ । 

यस्तै, कोलम्बियाले पराग्वेलाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ । कोलम्बियाका राफेल सान्टोसले ११ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै स्पष्ट ३ अंक लिएको हो । कोलम्यिबाले ६ खेलमा १२ अंक जोड्दै आफूलाई तालिकाको तेस्रो स्थानमा राखेको छ भने पराजित भएको पाराग्वे सातौं स्थानमा छ ।  





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार ९:२२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया