महेश र दुर्गा समूहलाई इन्सेकको अनुरोध : संविधान विरोधी क्रियाकलाप नगर्नू
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, फाइल तस्बिर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंसिर ७ गते काठमाडौंमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्णरूपमा सम्पन्न गर्न आह्वान गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आ–आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरिएको छ । गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता नेपाली लोकतन्त्र र सार्वभौमसत्ताका आधार स्तम्भहरू भएको स्मरण गराउँदै नेपालको वर्तमान राज्यसंरचना र संविधान विरोधी क्रियाकलापप्रति इन्सेकले विज्ञप्तिमार्फत असहमति जनाएको हो ।​

पञ्चायतकालीन ऐनका आधारमा गरिएको बन्देजले संविधानसभाबाट जारी भएको नेपालको संविधानको धारा, १७ मा व्यवस्था गरिएको स्वतन्त्रतापूर्वक भेला तथा सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने दुष्प्रयास गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँच जनाभन्दा बढी भेला हुन निषेध गर्ने आदेश जारी गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १४:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया