मधेस प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित सन्जिलाकुमारी यादवले सपथग्रहण गरेकी छन् ।
मधेस प्रदेश सभा सदस्य बिन्दुकुमारी यादवको निधनपश्चात खाली भएको स्थानमा जसपाले यादवलाई सांसद बनाएको थियो ।
१९ कात्तिक २०८० मा जसपाले गरेको सिफारिसमा निर्वाचन आयोगले स्वीकृत गरेपछि यादवलाई सपथग्रहण गराइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।