युवा संघ र प्रसाईं पक्षको प्रदर्शन आज, अत्यावश्यकबाहेक सवारी नचलाउन ट्राफिक प्रहरीको अनुरोध

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । 

युवा संघले तीनकुनेमा र प्रसाईँको समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् । दुवै पक्ष उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारीमा छन् ।

यसअघि दुवैको कार्यक्रमम माइतीघर मण्डलामा तय भएको थियो । झपडको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरी कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोकेको हो । 

यसैबीच, उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक अवस्था मात्र सवारीसाधन लिएर निस्किन अनुरोध गरेको छ । आज युवा संघ र प्रसाईंको समूहको प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्था मात्र सवारीसाधन प्रयोग गर्न अनुरोध गरेको हो ।

एकैपटक धेरैजना सडकमा निस्किँदा बाटो पूरै जाम हुने भएकाले ट्राफिक डाइभर्सन गर्नुपर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलले बताए ।

सडकमा निस्किँदा समस्या नहोस् भनेर निकिस्नुपूर्व १०० वा १०३ मा फोन गरेर जानकारी लिनसमेत उनले आग्रह गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार ६:५६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया