हरिबोधिनी एकादशी : चाँगुनारायणमा भक्तजनको भीड [तस्बिरहरू]

आज हरिबोधिनी एकादशी । तुलसी र दामोदरको विवाह गरी हरिबोधनी एकादशी मनाइँदै छ । चार महिनासम्म भगवान विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज भने तुलसी र दामोदरको विवाह गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।

आज काठमाडौंको चाँगुनारायण, बुढानीलकण्ठलगायत भगवान श्री विष्णुको मन्दिरमा विशेष मेला लाग्छ । आज चाँगुनारायणमा पनि हरिबोधिनी एकादशीको अवसरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो ।  

हरिबोधिनी एकादशीमा चाँगुनारायणमा भक्तजनको भीड :





 

  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार ११:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया