logo-img

मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।   

उनका अनुसार आजकै बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले प्रदान गर्ने ४.४६५ मिलियन स्वीस फ्रैंक (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।  

त्यस्तै, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा प्राविधिकसहितको चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । आयोगले जनशक्ति थप गर्न सरकारसँग माग गरेअनुसारको निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।

जन्ममिति कीर्ते प्रकरणमा मुछिएपछि राजीनामा बुझाएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ । २०८० कात्तिक २४ गतेबाट लागु हुनेगरी स्वीकृत गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।  

त्यस्तै, ऊर्जासचिव दिनेशकुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिनाअगाडि नै दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।
 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १३:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया