दुर्गा प्रसाईं र युवा संघका समर्थकबीच झडप हुँदा दुईजना घाइते

युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकबीच ढुंगा हानाहान हुँदा दुईजना घाइते भएका छन् ।

मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका युवा संघका कार्यकर्तासँग प्रसाईं समूहबीच झडप हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते दुवै जनाको बयोधा अस्पतालमा उपचार भइरहेको छ । रेडक्रसका स्वास्थ्यकर्मीका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरूलाई अस्प्ताल लगिएको हो ।   





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १३:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया