logo-img

कुवेतका युवराजसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले त्यहाँका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बायान राजप्रासदमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कुवेतका युवराजको सुख, शान्ति एवं सुस्वास्थ्यका साथै कुवेती जनताको निरन्तर प्रगतिको कामना गरे ।



राजदूत लम्साललाई स्वागत गर्दै कुवेतका राजकुमारले कुवेत अधिराज्यको आर्थिक विकासमा एक लाखभन्दा बढी नेपालीले गरेको योगदानको सराहना गर्दै राजदूत लम्सालको सफल कार्यकालका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कुवेती फण्डमार्फत नेपालमा लगानी बढाउने आश्वासन दिँदै कुवेती युवराजले आर्थिक सहयोगका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १७:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया