गणतन्त्रका कारण महिला सशक्तीकरणमा सहयोग पुग्यो : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रका कारण महिला शसक्तिकरणमा सहयोग पुगेको बताएकी छन् ।

दाङको लमही नगरपालिका–१ सुन्डवरीमा निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभामा मन्त्री शर्माले गणतन्त्र स्थापना भएपछि छोरीलाई पनि सम्मानपूर्वक हेरिन थालेको बताइन् । 

‘अहिले महिला अधिकारका विषय संस्थागत बन्दै गएका छन्, महिलालाई बाहिर निस्कन नदिने समाजमा अहिले प्रत्येक क्षेत्रमा महिला अधिकारका विषय उठेका मात्रै छैनन् विस्तारै अनिवार्य बन्दै संस्थागत  भएका छन्,’ उनले भनिन् ।

महिला केही गर्न सक्दैनन् भन्नेलाई महिलाले चलाएका सहकारीले उदाहरणीय काम गरेर देखाइरहेको भन्दै मन्त्री शर्माले उद्यमको माध्यमबाट महिला  उत्पादनसँग जोडिएकोमा खुसी व्यक्त गरिन् । 

उनले उत्पादित वस्तु तथा सेवालाई बजारीकरणको काममा स्थानीय सरकारले सहयोगी भूमिका निर्वाह गर्न आवश्यक भएको पनि बताइन् ।  





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार २२:३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया