logo-img

अहिलेका नेताहरूका कारण राजा सम्झिने वातावरण बन्यो : दुर्गा प्रसाईं
फाइल तस्बिर

राजधानी केन्द्रित प्रदर्शनको अगुवाइ गरेर अहिले चर्चामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कुनै खास प्रकारको राजनीतिक व्यवस्थाभन्दा पनि मुलुक भ्रष्टाचारी, तस्करी र गरिवीले आक्रान्त भएको बताएका छन् । 

चाबहिलको सिफल चौरमा शनिबार आयोजित प्रदर्शनमा उनले भने, ‘कुनै पनि दल विशेषका भ्रातृ संगठनलाई म गाली गर्दिन, कति गाली गर्नु नेपाली नागरिकलाई भुटानी बनाएर पठाइदिने देशमा ?’ नेताहरूको चरित्र ठीक नभएको भन्दै उनले आक्रोश व्यक्त गरे । 

‘राष्ट्रको झण्डा बोकेर दौरा सुरुवाल लगाएर राष्ट्रिय भेषमा हिँडेको मान्छेलाई पुलिसले लगेर थुन्छ यो देशमा,’ प्रसाईंले भने, ‘आज हामीले छानेका नेताहरू तस्करसँग पार्टनरसिप गर्छन् । हिजो राजा हामीले खेद्यौँ तर राजा खेदेपछि राजा सम्झिने वातावरण दुर्गा प्रसाईंले बनाएको होकी प्रचण्ड, केपी, शेरबहादुरले बनाएको हो ?’

दलहरूले राजनीतिक प्रणाली परिवर्तनपछि जनअपेक्षाअनुसार शासन चलाउन नसकेको उनले बताए । नेपालीलाई बलियो बनाउने काम दलहरूले गर्न नसकेको प्रसाईंको टिप्पणी छ । 

‘युवा संघ, नेविसंघ सबैलाई भन्न चाहन्छु यी पार्टी झण्डा छोड्दिनु, नेपालको झण्डामुनि आउ गरिबी, भ्रष्टाचारी, तस्कर विरुद्ध लडौँ र मुलुक बचाऊँ । आज यिनीहरू मर्ने हो भने नेपाली जनताले खसी काटेर खान्छन्,’ उनले भने, ‘नेपाल बलियो बनाउन नेपालको व्यापार, व्यवसाय र नेपाली बलियो हुनुपर्छ । यो प्रजातन्त्र, गणतन्त्रले हामीलाई नाङ्गो बनायो, यो व्यवस्था परिवर्तन नगरिकन कसैको अवस्था परिवर्तन हुनेवाला छैन ।’





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार २०:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया