कोशी सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने
फाइल तस्बिर

कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक आज प्रदेशसभामा पेस गर्दै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री केदार कार्कीले यो जानकारी दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले पेस गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइने जनाइएको छ ।बजेटमा यसअघि समावेश साना बजेटका टुक्रे योजना कटौती गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् ।

यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको भन्दा ५० करोड बढीको बजेट मुख्यमन्त्री कार्कीले पेस गरेका छन् ।

बजेटमा उल्लेख भएअनुसार धुलो दूध र घ्यू निर्यातमा अनुदान दिइने भएको छ । यस्तै, सौर्य ऊर्जा प्रणालीमार्फत् चल्ने स्वचालित तुइन सञ्चालन गर्ने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा जलन अस्पताल निर्माण गर्ने, तमोर नदीको पानी धरान ल्याउने लगायत योजना बजेटमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री कार्कीले चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पूँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलोपटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । उनले पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरेका थिए ।
 





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार २१:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया