छैठौं संस्करणको उपमेयर कप मंसिर १४ बाट हुने

छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । मंसिर १४ गतेदेखि १७ गते चारदिनसम्म सञ्चालन हुने प्रतियोगिता हेटौँडा–१९, नेवारपानीमा सञ्चालन हुने छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्यमा सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।  

प्रतियोगितामा प्रथम हुने विजेता टीमले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र सान्त्वना हुनेले १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै,उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएका आयोजकले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार १४:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया