हमासद्वारा बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण

प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको हमासको गाजास्थित अल–कासम ब्रिगेड्सले जनाएको छ । 

यसपहिले इजरायली डिफेन्स फोर्सेज (आइडिएफ)ले आफ्नो एक्स (ट्विटर) अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो ।  आइडिएफले लेखेको छ, ‘१३ जना इजरायली र चारजना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरायलतर्फ लागेका छन् । 

यसपहिले इजरायलले अस्थायी युद्धविरामको तेस्रो दिन आफ्ना देशका थप १३ बन्धकहरू रिहा हुने तयारी भइरहेको जनाएको थियो । आइतबार मुक्त गर्ने भनिएका बन्धकहरूको तेस्रो समूहको सूचीसमेत इजरायलले शनिबार राति नै प्राप्त गरेको जनाएको थियो ।

अस्थायी युद्धविरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सातजना विदेशी नागरिकसहित १३ जना रिहा हुने बताएको थियो ।

यसअघि दोस्रो चरणमा शनिबार ढिलो गरी हमास नियन्त्रणमा रहेका थप १३ जना इजरायली र चारजना थाई बन्धकहरू रिहा गरिएका थिए । इजरायलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ । 

कतारले मध्यस्थता गरेको इजरायल–हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेब्बर संख्यामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ ।



युद्धविराम बिहानदेखि लागू भएपछि शुक्रबार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो समूह इजिप्ट हुँदै इजरायलतर्फ फर्किएको थियो ।



  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार २२:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया