इजरायली प्रधानमन्त्रीले गरे गाजा क्षेत्रको भ्रमण

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको क्रममा गाजाको भ्रमण गरेका छन् । इजरायल र हमासबीच चार दिने युद्धविराम चलिरहेको बेला नेतान्याहुले यो भ्रमण गरेका हुन् । 

दुई दशकमा गाजा भ्रमण गर्ने उनी पहिलो इजरायली प्रधानमन्त्री हुन् । गाजा भ्रमणका बेला नेतान्याहुले सैनिकहरूलाई भेटे र उनीहरूलाई प्रोत्साहन दिएका छन् । उनले अन्तिमसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।  

नेतान्याहुले कमाण्डर र सैनिकहरूबाट सुरक्षा ब्रिफिङ लिएर गाजाको सुरुङको पनि अवलोकन गरेका थिए । सैनिकलाई भेट्न पुगेका नेतान्याहुले हेलमेट र बुलेटप्रुफ ज्याकेट लगाएका थिए । सिपाहीसँगै उभिएर उनले भने, ‘हामी हाम्रा कैदीहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गर्नेछौँ र अन्ततः सबैलाई फिर्ता ल्याउँछौँ ।’ 

यो युद्धमा हाम्रा तीनवटा लक्ष्य छन् । सबै बन्धकहरूको फिर्ता, हमासको विनाश र गाजाले इजरायललाई फेरि कहिल्यै खतरा नपार्ने कुरा सुनिश्चित गर्ने उनले बताए । 

‘हामीलाई कसैले रोक्न सक्दैन । हामीसँग बल छ र हामी हाम्रो लक्ष्य हासिल गर्नेछौँ,’ नेतान्याहुले भने । इजरायल सन् २००५ मा गाजाबाट एकपक्षीयरूपमा फिर्ता भएको थियो ।

हमासले ७ अक्टोबरमा भएको आक्रमणमा २४० इजरायलीलाई बन्धक बनाएको थियो । इजरायलले यीमध्ये ५० जनालाई मुक्त गर्ने सम्झौता गरेको छ । सम्झौताअन्तर्गत इजरायलले ५० बन्धकहरूको सट्टामा चार दिनको युद्धविराम गरेको थियो ।   





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार ९:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया