logo-img

चित्रबहादुर केसीको टिप्पणी : प्रतिगामीहरूले देशलाई अँध्यारोतिर फर्काउने कोसिस गर्दै छन्
फाइल तस्बिर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगामी शक्तिहरूले देशलाई अँध्यारो युगतिर फर्काउने कोसिस गरिरहेको टिप्पणी गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर प्राप्त उपलब्धिलाई समाप्त पार्ने कोसिस गरिरहेको टिप्पणी गरेका हुन् ।

‘प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन्’, केसीले मंगलबार विज्ञप्तिमार्फत भनेका छन् ।

उनले गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्ति अहिलेको समस्याको विकल्प हुन नसक्ने पनि उल्लेख गरेका छन् । देशमा कुशासन र भ्रष्टाचारले नागरिकको जीवनस्तर खस्किएको, अर्थतन्त्र संकट देखिएको र बेरोजगारी बढेको राजमोको निष्कर्ष छ ।  

अहिलेको समस्या समाधानको उपाय भनेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्था स्थापना नै हुने केसीको भनाइ छ ।  

‘गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीहरूले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको छ’, केसीले विज्ञप्तिमा भनेका छन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १४:३३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया