logo-img

डा. स्वर्णिम वाग्ले रास्वपाकाे उपसभापति, वरियतामा अर्यालभन्दा पछि

नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. स्वर्णिम वाग्ले रास्वपाकाे उपसभापति बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव राखेका छन् ।

रास्वपाको विधानमा दुईजना उपसभापति रहने व्यवस्था छ । हाल डोलप्रसाद अर्याल मात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई ल्याउन लागिएकाे हाे ।

वाग्लेलाई औपचारिक रूपमा बुधबार उपसभापति घोषणा गरिने भएकाे छ । उनकाे वरियता भने अर्का उपसभापति अर्यालपछिकाे रहनेछ । यद्यपि वरियता निर्धारण वर्णानुक्रमअनुसार राखिने बताइएकाे छ । 



सभापति अनुपस्थित रहेको बैठक दुई उपसभापति मध्ये जेष्ठ वा सभापतिले तोकेकाले सभापतिको भूमिका निर्वाह गर्ने विधानको व्यवस्था छ ।

जारी बैठकले केही दिनअघि रास्वपा प्रवेश गरेका डा. नन्दन यादवलाई केन्द्रीय सदस्य बनाउने भएकाे छ ।  

वाग्ले वैशाखको उपचुनावमा तनहुँ–१ बाट निर्वाचनमा लड्नका लागि कांग्रेसले टिकट नदिएपछि रास्वपामा प्रवेश गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १८:४०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया