खाद्य सम्प्रभुता सम्बन्धी ऐनको परीक्षण प्रतिवेदन सार्वजनिक

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण सम्बन्धी व्यवस्थाको परीक्षण प्रतिवेदन’ सार्वजनिक गरेको छ । 

समितिले ऐनमा उल्लिखित दफा कार्यान्वयनको अवस्था र प्रभाव  लगायतका विषयको अध्ययन गर तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । जलवायु परिवर्तनबाट खाद्य उत्पादनमा पर्न सक्ने प्रभाव र त्यसबाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक सुझाव प्रतिवेदनमा छ। जलवायु परिवर्तनले खाद्यान्नमा परेको असरहरूबारे सरकार गम्भीर हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनको असरबारे किसानलाई जानकारी गराउन सरकारलाई सुझाव दिइएको छ । त्यस्तै, स्थानीय तहमै बिउबीजन बैंक स्थापना गर्नुपर्ने, कृषि उपजको क्षेत्रको थप विकासका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव पनि छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार १६:३९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया