logo-img

स्वर्णिम वाग्ले बने रास्वपाकाे उपसभापति

अर्थविद डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे उपसभापति नियुक्त भएका छन् । सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

डा. वाग्ले अर्का उपसभापति डिपी अर्यालपछिको वरीयता तोकिएको छ । कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका वाग्ले गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका थिए ।

रास्वपा प्रवेश गरेर उनी तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडेका थिए । कांग्रेसका गाेविन्द भट्टराईलाई हराउँदै उनी सांसद निर्वाचित भएका थिए ।







  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार १८:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया