logo-img

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण हुँदा १० जनाको मृत्यु

इराकको पूर्वी दियाला प्रान्तमा स्थानीय सांसदका आफन्तहरू सहित उद्धारकर्ता सवार गाडीमा बम आक्रमण भएको छ । आक्रमणमा परि १० जनाको मृत्यु भएको छ । आक्रमणमा परि थप १४ जना घाइते सुरक्षा स्रोतले जानकारी दिएको छ । 

अम्रानियाह सहर नजिकै भएको आक्रमणमा दुई वटा बम विस्फोट गरिएको थियो । बम बिस्फोट हुँदा साँसदका आफन्त सवार गाडी धस्त पार्नुका साथै अन्य भौतिक क्षति समेत भएको सुरक्षा निकायलाई उद्धृत गर्दै एजेन्सीले जनाएको छ । 

उनीहरूले आक्रमणको सम्भावित कारणबारे थप विवरण दिएको छैन । सुरक्षा बलहरूले उक्त क्षेत्रमा कर्फ्यू लगाइएको घोषणा गरेर घटनामा आवद्धहरूको खोजी कार्य जारी राखेको छ ।







  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १०:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया