logo-img

लाठीले हानेर छोराले गरे बुबाको हत्या
फाइल तस्बिर

उत्तरी रसुवामा छोराले गएराति कुटपिट गरी बुबाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ बर्से बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शव रसुवा अस्पताल पुर्‍याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।    







  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १५:१६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया