logo-img

एनसेल साढे ६ अर्बमा बिक्री, बेलायतको स्पेक्ट्रलाइटले किन्यो

मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर बिक्री गरेको छ । एनसेलको बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो । स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । 

एनसेलमा २० प्रतिशत सेयर भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारको स्वामित्व छ । निश्चित मूल्यको रूपमा स्पेक्ट्रलाइटले कारोबार सम्पन्न भएको ६ महिनाभित्र आजियाटालाई ५ करोड अमेरिकी डलर(करिब ६ अर्ब ६५ करोड ७० लाख) मध्ये ५० लाख अमेरिकी डलर भुक्तानी गर्नेछ ।

बाँकी रकम भने ४८ महिना अर्थात् चार वर्षको अवधिमा तिर्नेगरी खरिद सम्झौता भएको उल्लेख छ । गत बुधबार व्यावसायिक चुनौती बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो । 



नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए । 





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १९:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया