मूलपानी, विराटनगर र भरतपुरमा चाँडै क्रिकेट स्टेडियम बनाउँछौँ : मन्त्री लिम्बू

 युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले नेपाल सरकारले मूलपानी, विराटनगर र भरतपुरमा क्रिकेट खेलको लागि स्टेडियम निर्माण गर्ने निर्णय गरेको बताएका छन् । 

आज सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप २०२३ को समारोहमा सम्बोधन गर्दै उनले स्टेडियम निर्माणलाई राष्ट्रिय गौरवका योजनाहरूभित्र समावेश गरिएका भन्दै यसबाट नेपालको खेल स्तर अझै बढ्ने विश्वास लिएको बताए । 

उनले भने, ‘अहिले नेपाल सरकारले मूलपानी, विराटनगर र भरतपुरमा खेलको लागि स्टेडियम निर्माण गर्ने निर्णय गरिसकेको छ । त्यो स्टेडियम राष्ट्रिय गौरवका योजनाहरुभित्र समावेश गरिएका छन् । त्यो सम्पन्न भएपश्चात् नेपालको खेल स्तर पनि बढ्ने छ । यसबाट नै पर्यटन, आर्थिक सुधारको साथै देश समृद्धिको बाटोमा जाने विश्वास लिएको छु ।’ 

उनले खेल क्षेत्रको विकास र प्रवर्द्धनको साथै नेपाली खेलाडीहरूको खेलको स्तर, सेवा र सुविधा वृद्धि गरेर अगाडि बढाउने कुरामा सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्रीको पदमा रहेर आफूले गर्न सक्ने सबै काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

विभिन्न देशबीचको प्रतिस्पर्धा, प्रतियोगिताबाट नेपाली खेलाडीहरूलाई नयाँ विषय सिक्ने अवसर प्राप्त हुने उल्लेख गर्दै त्यसको लागि निरन्तर यस्ता खेलहरुको खाँचो रहेको पनि उनको भनाई छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०८० शनिबार १३:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया