logo-img

काठमाडौं वरपरका काभ्रे, धादिङ र नुवाकोटको विकास गर्ने समय आयो : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरिका जिल्लाको विकासका लागि समय आएको बताएका छन् । 

‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ,’ आज नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट नजिक भएर पनि पछाडि परेको जिल्ला हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो ।’ 

‘त्यहाँका अगुवाले शिक्षामा लगानी गरे,’ उनले भने, ‘लेखपढलाई प्राथमिकता दिए, तर काठमाडौंवरिपरिको आम्दानीको मूल स्रोत जग्गा जमिन थियो ।’



काठमाडौंमा राणाहरूका नजिक जो थिए, तिनलाई रिझाएबापत पुरस्कारका रूपमा जमिन माग्ने गरेको उनले सुनाए । उब्जनी सहजै काठमाडौं पुर्याउन सकिने ठाउँमा उनीहरुले जमिन माग्ने गरेको उनको भनाइ छ । ‘काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।’ 

‘काभ्रे, धादिङ र नुवाकोटका जनताले प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित छन् । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो,’ उनले भने, ‘काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।’ 

अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्ने अर्थमन्त्रीको भनाइ छ । ‘काठमाडौं–छहरे सुरुङमार्गको काम हामीले गरिरहेका छौँ । एक अर्ब बजेट पनि राखेका छौँ,’ उनले भने, ‘सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।’





  • प्रकाशित मिति : मंसिर १६, २०८० शनिबार २२:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया