logo-img

तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीनजना घाइते

ट्रकले ठक्करले तनहुँमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । 

दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र ६ वर्षीय गुराँस घाइते भएका छन्। घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।  







  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार ६:५४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया