logo-img

साका र ओडेगार्डको गोलमा आर्सनल विजयी, बढायो ४ अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उल्भ्सलाई २–१ ले हराएको छ । गएराति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनको जितमा बुकायो साका र मार्टिन ओडेगार्डले १–१ गोल गरे ।  उल्भ्सका लागि म्याथ्यू चुन्हाले १ गोल फर्काए ।  

साकाले खेलको छैटौँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । मार्टिन ओडेगार्डले १३ औँ मिनेटमा आर्सनको अग्रतालाई दोब्बर बनाए ।  

खेल सकिन ४ मिनेटअघि म्याथ्यू चुन्हाले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् । यो जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी ४ अंकले बढाएको छ । 

आर्सनलको ३३ र सिटीको २९ अंक छ । पराजित उल्भ्स १५ अंकसहित तालिकाको १३ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार ७:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया