logo-img

आकासियो सुनको मूल्य, बजारमा नयाँ रेकर्ड कायम

नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य एक हजार ८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यसभन्दा अघि बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस दिन सुनको मूल्य एक लाख १९ हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर एक हजार ५ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार ११:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया