भारत र अस्ट्रेलियाको पाँचौं टी-२० आज, यस्तो छ दुवैको सम्भावित प्लेइङ-११

भारत र अस्ट्रेलियाबीचको टी–२० सिरिजको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । यी दुई टोलीबीचको खेल बेलुका ७ः१५ देखि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ ।

सिरिज भारतले ३–१ ले जितिसकेको छ । ऊ आज पनि अस्ट्रेलियालाई हराउँदै सुखद अन्त्य गर्न चाहन्छ । भारतले सिरिजको पहिलो, दोस्रो र चौथो खेल जितेको थियो । ऊ तेस्रो खेलमा भने ५ विकेटले पराजित भएको थियो ।  

यता अस्ट्रेलिया सान्त्वना जितका साथ घर फर्किन चाहन्छ । जारी सिरिजमा भारतले रोहित शर्मा, विराट कोहली, रवीन्द्र जडेजा, केएल राहुललगायत मुख्य खेलाडीलाई विश्राम दिएको छ । यता अस्ट्रेलियाले अन्तिम दुई खेलका लागि ग्लेन म्याक्सवेल, डेविड वार्नर, मिचेल स्टार्क, प्याट कमिन्स, मिचेल मार्श, जोस इंग्लिसलगायत स्टारलाई टिममा समावेश गरेको छैन । 

भारतको सम्भावित प्लेइङ–११ : यशस्वी जैसवाल, ऋतुराज गायकवाड, श्रेयस अय्यर, सूर्यकुमार यादव (कप्तान), जितेश शर्मा (विकेटकिपर),  रिंकु सिंह, अक्षर पटेल/वाशिङ्टन सुन्दर, दीपक चाहर, रवि बिश्नोई, आवेश खान र मुकेश कुमार ।  

अस्ट्रेलियाको सम्भावित–११ : जोस फिलिपे, ट्रभिस हेड, बेन म्याकडर्मोट, आरोन हार्डी, टिम डेविड, म्याथ्यु सर्ट, म्याथ्यु वेड (कप्तान/विकेटकिपर), बेन ड्वार्सुइस, क्रिस ग्रीन, जेसन बेहरेनडोर्फ, तनवीर संघ/नाथन एलिस ।  





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १२:२८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया