logo-img

भारतका तीन प्रदेशमा सत्तारुढ भाजपा विजयी

भारतको विधानसभा निर्वाचन जारी छ । जारी निर्वाचनमा  भारतीय जनता पार्टी (भाजपा)ले तीन प्रदेशमा जित हासिल गरेको छ। 

मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । कुल २३० सिट रहेको मध्य प्रदेशमा भाजपाले १६४ सिट जितेको छ भने कंग्रेस आईले ६५ सिट जितेको छ। 

त्यस्तै, कुल २१५ सिट रहेको राजस्थानमा भाजपाले ११५ र कंग्रेस आईले ६९ सिट जितेका छन्।​ त्यसैगरी, कुल ९० सिट रहेको छत्तीसगढमा भाजपाले ५७ र कंग्रेसआईले ३२ सिट हात पारे । 



सन् २०१८ को निर्वाचनमा यी तीनै प्रदेशमा कंग्रेस आईले जित हासिल गरेको थियो। भाजपाले यी तीनै प्रदेशमा जित हासिल गरेसँगै कंग्रेस आईलाई धक्का लागेको छ। 

कंग्रेस आईले तेलंगना राज्यमा जित हासिल गरेको छ । तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ। सो राज्यमा भारत राष्ट्र समिति (बिआरएस)ले १० वर्ष शासन गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार २२:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया