logo-img

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा, सुनुवाइ स्थगित

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी परेको भए पनि ‘हेर्न नभ्याउने’ हुँदै सुनुवाइ स्थगित भएको हो । 

अब सुनुवाइका लागि अर्को पेसी तोकिने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । मन्त्रिपरिषद्‌को २७ कात्तिकको बैठकले छोटा भिडियो  अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । 

सरकारको उक्त निर्णयविरुद्ध गत १ मंसिरमा १० वटा रिट निवेदन र्वोच्चमा दायर भएका थिए । टिकटक प्रतिबन्धनको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएका रिटको संख्या हाल १४ थान पुगेको छ ।  







  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १४:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया