logo-img

मधेशमा वर्षा र कोशीको उच्च भू-भागमा हिमपातको सम्भावना
फाइल तस्बिर

बुधबार देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो । 

आज राति कोशी र मधेश प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बिहान कोशी, मधेश प्रदेशका साथै  देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहेको छ । 



हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ‘मिचाउङ’ नामक सामुद्रिक आँधी आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोशी र मधेश प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने असरबाट जोगिन सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।  
 





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार ७:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया