एनएसएलमा आज चितवन र बुटवल भिड्दै, दुवै दोस्रो जितको खोजीमा

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनी खेल्दै छन् । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । 

आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा छन् । यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो ।  

जारी लिगमा चितवन ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । यता बुटवल ३ अंकसहित सातौँ स्थानमा छ ।  
 
 





  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार ११:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया