logo-img

विराटनगर महानगरले आगलागीमा ज्यान गुमाएका परिवारलाई एक-एक लाख दिने

विराटनगर महानगरपालिकाले विराटनगर–७ सातघुम्तीस्थित कबाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । 

महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । त्यसैगरी महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । 

विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कबाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । 

घटनामा घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रीता सरदार, ६५ वर्षीया सुनिता कामत र कटहरी–६ की ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट बुधबार साँझ काठमाडौं लगिएकोमा सुनिता कामतको उपचारका क्रममा मृत्यु भएको छ । 

काठमाडौंबाट सुनिताको शव ल्याउने व्यवस्थापन महानगरले मिलाएको छ । काठमाडौं लानका लागि आवश्यक अक्सिजनको व्यवस्थापन पनि महानगरले मिलाएको मेयर कोइरालाले बताए । 
 





  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार २२:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया