logo-img

पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।  

योग्यता, क्षमता र अनुभवसहितको कार्ययोजनामाथि छलफल गरी प्रस्तावित राजदूत नेपालको नाम बैठकले अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति (ज्येष्ठ सदस्य सभापति) पशुपति समशेर जबराले जानकारी दिए । गत २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । 

यसअघि बैठकमा प्रस्तावित राजदूत नेपालले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राजदूतावासको स्थापना र सेवा प्रवाहको कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए । उनले पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने बताए ।  



सरकारले पहिलोपटक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो ।  





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार १९:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया