जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छन् ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको शेयर खरिद–बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका हुन् । उनले विगतमा पनि सरकारले एनसेलले अर्बौं रुपैयाँ कर मिनाहा गरेको कुरा आएपनि त्यसप्रति कसैको चासो नभएको भन्दै उनले यस प्रकरणमा आवश्यक छानविन गर्नुपर्ने बताए ।
उनले देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको बताए । यादवले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको बताए ।
यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टा लगायतका कामहरु गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रूपमा स्पष्ट हुनुपर्ने बताए । उनले यस्ता कामहरूमा सेनालाई नलगाई पेशागत काम मात्रै गर्न लगाउनुपर्ने धारणा व्यक्त गरे । यस्तै, यादवले प्रहरी र कर्मचारी समायोजन नहुँदा प्रदेश सरकारको अवस्था बेहाल भएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।