मानव अधिकार प्रवर्द्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : आयोग अध्यक्ष

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवद्र्धन हुनेगरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरूलाई आग्रह गरेका छन् । 

मानव अधिकारको संरक्षण र प्रवर्द्धन हुनेगरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरूलाई उनले आग्रह गरेका हुन् । शनिबार काठमाडौंमा आयोजित ११औं नेपाल मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मगरले मानव अधिकार प्रवद्र्धनका लागि चलचित्र प्रभावकारी माध्यम भएको बताए । 

त्यसैले राष्ट्रिय मानव अधिकार आयोगले चलचित्र निर्माताहरुसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको उनले तर्क समेत गरे । जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवद्र्धन गर्न सिकाउने माध्यम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरुले जोड दिएको उनको भनाइ थियो ।

अध्यक्ष मगरले सबै अधिकार मानव अधिकारभित्र पर्ने भएकाले पनि चलचित्र निर्माताहरूले यसको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको समेत बताए । 





  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार २१:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया