सेयर बजारमा तेस्रो सर्किट लागेसँगै कारोबार बन्द, के को हो प्रभाव ?

गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । मौद्रिक नीतिको समिक्षापछि खुलेको पहिलो कारोबारमा नेप्से परिसूचकमा लगातार तीन सर्किट लागिरहेको छ । 

आइतबारको प्रिओपन सेयनमा १३ अंकले बढेको नेप्से कारोबार खुलेको ५ मिनेटमा नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो । ४ प्रतिशतको सर्किट लागेर २० मिनेट कारोबार रोकिएर खुलेको २ मिनेटमा नेप्से ५ प्रतिशतले बढ्यो ।

कारोबार खुलेको ७ मिनेटमा नेप्से ९२.७३ अंकले बढ्यो । ४० मिनेट रोकिएको कारबोरमा खुलेको पुनः २ मिनेटमा ६ प्रतिशतले बढेको नेप्से कारोबार आजको लागि बन्द भएको छ । बजारमा सर्किट लागेर करिब डेढ घण्टा मा बजार बन्द हुँदा साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १११.२० अंकले बढेर १ हजार ९ सय ६३.९८ को बिन्दुमा पुगेर नेप्से परिसूचक रोकिएको छ ।  

आइतबारको कारोबारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब ३० कम्पनीको सेयर मूल्य सर्किट लेबलमा बढेको छ । 

तर यता २२७ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको घटेको छ । कारोबार रकमका आधारमा माउन्टेन इनर्जीले ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँको सेयर किनबेच भएको छ । त्यसपछि  दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ ।

शुक्रबार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा ब्याजदर घट्ने नीति लिँदै राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ । त्यस्तै बैंकमा लगानी योग्य रकम अधिक रहेको अवस्थामा कर्जा प्रवाह बढाउने नीति लिँदा सेयर कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट १२५ मा झारेको छ । सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । 





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १३:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया