काठमाडौंबाट लुक्ला उडेको तारा एयरको जहाजको झ्याल खस्यो
फाइल तस्बिर

सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्यालको सिसा खसेको छ । आज काठमाडौंबाट कार्गो सामान लिएर तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कलसाइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाट जमिनमा खसेको हो । 

जहाज पूरै कार्गो सामानले भरिएकाले भित्रबाट सामानको चापले सिसा निस्किएको हुन सक्ने तारा एअर लुक्लाका स्टेसन इन्चार्ज अमृत मगरले जानकारी दिए । उनका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएको जहाजमा चालक दलका ३ सदस्य मात्रै रहेका थिए । 

सिसा कुन ठाउँमा खस्यो भन्नेबारे यकिन हुन सकेको छैन । जहाज बिहान १० बजेर १ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भइसकेको छ ।  





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १४:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया