लगातार दोस्रो खेलमा पनि नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। दुबईमा जारी यू–१९ एसिया कपमा आइतबार अफगानिस्तानसँग नेपालले ७३ रनको हार बेहोरेको हो । 

यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।  





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १८:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया