logo-img

जिरोना ला लिगाको शीर्ष स्थानमा, बार्सिलोना घरमै स्तब्ध

स्पेनिस ला लिगामा जिरोनासँग बार्सिलोना ४–२ गोल अन्तरले पराजित भएको छ । बार्सिलोना आफ्नै मैदानमा स्तब्ध भएको हो । 

जिरोनाको जितमा अर्टिम डोभेक, मिगुइल गुइटेरेज, भालेरी फर्नान्डेज र क्रिष्टियन स्टुएनीले समान एक गोल गरे ।  

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र इल्केए गुन्डोगानले एक/एक गोल फर्काए ।​ स्टडि ओलिमपिक लुइस कम्पनीमा गएराति भएको खेलमा जिरोनाले १२औँ मिनेटमै सुरुवाती अग्रता लियो ।



उसका लागि अर्टिम डोभेकले पहिलो गोल गरे । १९औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको स्थितिमा ल्याए ।  ​४०औँ मिनेटमा मिगुइल गुइटेरेजले गोल गर्दै जिरोनालाई २–१ को अग्रता दिलाए । 

८०औँ मिनेटमा भालेरी फर्नान्डेजको गोलमा जिरोना ३–२ ले अघि बढ्यो । इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दा खेल ३–२ को स्थितिमा थियो । क्रिस्टियन स्टुएनीले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै जिरोनालाई ४–२ को सानदार जित दिलाए । 



यो जितपछि जिरोना रियल म्याड्रिडलाई २ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । १६ खेलबाट १३ मा जित, दुईमा बराबरी र एक खेलमा बेहोरेको जिरोनाको ३९ अंक छ । 

यस्तै, दोस्रो स्थानको रियलको १६ खेलबाट ३९ अंक छ । पराजित बार्सिलोनाले १६ खेलबाट ३४ अंक जोडेको छ । जिरोनासँगको हारपछि ऊ चौथो स्थानमा झरेको छ । 




  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार ७:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया