logo-img

सन र रिचार्लिसन चम्किँदा टोटेनहमको फराकिलो जित

इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले फराकिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा टोटेनहमले न्यूक्यासल युनाइटेडविरुद्ध ४–१ को जित निकालेको हो । 

टोनहमको जितमा रिचार्लिसनले दुई, आइयेनोमा डेस्टिनी युडोगी र समान एक/एक गोल गरे । गएराति लण्डनमा भएको खेलमा घरेलु टिम टोटेनहमले खेलको २६औँ मिनेटमा आइयेनोमा डेस्टिनी युडोगीको गोलबाट सुरुवाती अग्रता लियो ।



उनले ह्युङ मिन सनको पासमा गोल गरे । ३८औँ मिनेटमा रिचार्लिसनले पनि सनकै पासमा गोल गर्दै टोटेनहमलाई २–० ले अघि बढाए । ​६०औँ मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३–० को अग्रता दिलाए ।

८५औँ मिनेटमा सनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमको जित पक्का गरे । इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा जोइलिन्टनले गोल गरे पनि न्यूक्यासलले फराकिलो हार टार्न सकेन । 

यो जितपछि टोटेनहमले १६ खेलबाट ३० अंक जोडेको छ । ऊ पाँचौं स्थानमा कायमै छ । पराजित न्यूक्यासल २६ अंकका साथ सातौँ स्थानमा छ ।






  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार ७:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया