गिट्टी–बालुवा निकासी विधेयक फिर्ता लिन जसपाको माग

जनता समाजवादी पार्टी नेपालले चुरे क्षेत्र उत्खनन गरी गिट्टी–बालुवा निकासीको बाटो खोल्न तयार विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्ने भएको छ । सोमबार राजधानीमा भएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीषकुमार सुमनले बताए । 

‘चुरे उत्खन नगरेर गिट्टी बालुवा निकासीसम्बन्धी सरकारले जुन विधेयक तयार गरेको छ, त्यसलाई तत्काल फिर्ता लिन हामीले सरकारसँग आग्रह गर्ने निर्णय गर्यौं,’ उनले भने, ‘यस्तै एनसेलको सेयर प्रकरणमा हुने खरिद–बिक्री तत्काल रोकी त्यसको निष्पक्ष छानबिन गरेर दोषी ठहरिएकालाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्यौं ।’

पार्टीको केन्द्रीय समिति र राजनीतिक समितिको बैठक पुसको २५ र २६ र २७ गते पार्टीको केन्द्रीय समितिको गर्ने निर्णय पनि गरिएको उनले बताए । उनले भने, ‘पार्टीका सबै प्रदेश इञ्चार्जहरू, सबै विभागका प्रमुखले आज रिपोर्टिङ गर्ने काम गर्नुभयो । त्यसअनुसार कामहरू सन्तोषजनक रहेको ठहर गर्दै पार्टीलाई विधानबमोजिम गठन पुनःगठन गर्न राजेन्द्र श्रेष्ठजीको संयोजकत्वमा पार्टीको संगठन विभाग प्रमुख सबै प्रदेशका इन्चार्जहरू सदस्य रहनेगरी एउटा समिति बनाइएको छ । यसले पार्टीको विधान २०८० पार्टीलाई गठन पुनःगठन गर्ने काम गर्छ ।’ 
 





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार २१:११:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया