logo-img

शिवाजी राव गायकवाडबाट ‘रजनीकान्त’

साउथ सुपरस्टार रजनीकान्तले आज १२ डिसेम्बरमा आफ्नो जन्मदिन मनाउँदै छन् । सन् १९७५ मा फिल्म ‘कथा संगम’ बाट अभिनयको दुनियाँमा प्रवेश गरेका  रजनीकान्तलाई आज कुनै परिचयको आवश्यकता छैन । 

आफ्नो अभिनयका कारण उनले चलचित्र जगतमा ठूलो नाम कमाइसकेका छन् । रजनीकान्त दक्षिण भारतीय फिल्ममा मात्रै नभइ बलिउड फिल्ममा पनि आफ्नो छाप छोड्न सफल भएका छन् । लामो समयदेखि दक्षिण फिल्म उद्योगमा सक्रिय रहेका रजनीकान्तको लोकप्रियताको बारेमा सबैलाई थाहा छ । 

१२ डिसेम्बर १९५० मा बेंगलुरुको एक मराठी परिवारमा जन्मेका रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो । उनी गरिब परिवारमा जन्मिएका थिए । रजनीकान्तले चार वर्षको हुँदा आमा गुमाए । घरको खराब अवस्थाका कारण उनले भरियादेखि बस कन्डक्टरसम्मको काम गरे । 



बसमा टिकट बुकिङ गर्ने उनको अनौठो शैलीका कारण उनी बस चालक र सहचालकमाझ निकै चर्चित थिए । रजनीकान्त बाल्यकालदेखि नै अभिनेता बन्न चाहन्थे । सपना पूरा गर्न रजनीकान्तलाई साथी राजबहादुरले धेरै सहयोग गरे । 

उनले नै रजनीकान्तलाई मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना हुन प्रेरित गरेका थिए । तर, रजनीकान्तका लागि यो गर्न सजिलो थिएन । त्यसपछि उनी र उनीजस्तै बस कन्डक्टर भएका अरू साथीहरू उनलाई सहयोग गर्न अगाडि आए । अभिनय सिक्दै गर्दा उनले तमिल पनि सिके । 

फिल्मी दुनियाँमा आफ्नो नाम कमाएपछि रजनीकान्त पनि आफ्नो फरक स्टाइलका कारण चर्चामा रहे । कलाकारको चस्मा लगाउने र चुरोट बाल्ने कामले आज पनि मानिसहरूलाई ताली बजाउन बाध्य पार्छ । 



रजनीकान्तले फिल्म निर्देशक के बालचन्द्रलाई भेटे । उनले नै रजनीकान्तलाई फिल्म ‘अपूर्व रागांगल’ मा मौका दिएका थिए । यसमा कमल हसन र श्रीविद्या पनि देखिएका थिए । तर, यसमा उनको सानो नकारात्मक भूमिका थियो । त्यसपछि सुरुका दुई/तीन वर्ष यस्ता भूमिका पाए । त्यसपछि रजनीकान्तले दक्षिणका सबै भाषाका फिल्ममा काम गरिरहे । 

आफ्नो मिहिनेत र समर्पणको आधारमा रजनीकान्तले धेरै फिल्ममा काम गरे र आफ्नो छुट्टै पहिचान पनि बनाए । हिन्दी सिनेमामा रजनीकान्तको पारी सन् १९८३ मा टी रामारावले निर्देशन गरेको फिल्म ‘अन्धा कानुन’ बाट सुरु भएको थियो । यस फिल्ममा अमिताभ र रजनीकान्तको जोडीले हलचल मच्चाएको थियो ।



  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार ११:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया