कोरोनाको बिमामा झुटो दाबी पाइयो, अनुसन्धानपछि भुक्तानी हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री प्रकाशशरण महतले कोरोनाको बिमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । 

कोरोना बिमाको भुक्तानीका लागि आएका दाबी शंकास्पद देखिएपछि त्यसको पुनः अनुसन्धान भइरहेको उनले बताए।

उनले वास्तविक विवरण आएपछि बिमाको भुक्तानी हुने स्पष्ट पारे। सरकारले कोरोना बिमाको दाबी भुक्तानीका लागि १० अर्ब रुपैयाँ निकासा गर्नुपर्नेछ। 

करिब १ लाख विमितले कोरोना बिमाबापतको रकम पाउन बाँकी छ।





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १६:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया