मेरो र गगनको एज मात्रै फरक हो, एजेण्डामा एकमत छौँ : शेखर कोइराला
कांग्रेसको एउटा समूहले छलफल गरेको विषयलाई ठूलो बनाउन आवश्यक छैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी र देश ठिक तरिकाले नचले पनि आफ्नो समूह ठिक तरिकाले चलिरहेको बताएका छन् । 

बुधबार अनुपम फुडल्यान्डमा बसेको उनको समूहको बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘नेपाली कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक छैन । कांग्रेस र देश ठिक तरिकाले चलेको छैन, हाम्रो समूह ठिक छ ।’

समसामयिक विषयमा भेला र छलफलका लागि आफ्नो समूह बैठक बेला–बेलामा बस्ने गरेकाले सञ्चारकर्मीले त्यसलाई ठूलो विवादको विषय बनाउन नहुने उनले बताए । उनले बोलाएको बैठकमा पार्टीका महामन्त्री गगन थापा पनि सहभागी भए । 

धेरैपछि थापा पुनः कोइरालाको भेलामा सहभागी भएको विषयमा सञ्चारकर्मीले सोधेका थिए । डा. कोइरालाले आफ्नो र महामन्त्री थापाका एजेन्डामा मतमान्तर नभएको प्रष्टीकरण दिए । 

‘पहिले पनि थिएन फरक एजेण्डामा, अहिले पनि छैन । एजेन्डामा कुनै पनि फरक मत छैन,’ उनले भने, ‘त्यही कारण आज हामी जुटेका हौँ । एजेन्डामा महामन्त्रीजी र मेरो बीचमा कुनै एक इन्च पनि फरक छैन ।’ 

थापाको उमेर र आफ्नो उमेर फरक भएकाले पनि उनको सोचाइ र आफ्नो सोचाइमा फरक देखिएको उनले बताए । तर, एजेण्डामा कुनै भिन्नता नरहेको कोइरालाले बताए । 





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १९:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया