logo-img

श्रीलंका क्रिकेट टिमको छनोटकर्ताको प्रमुखमा उपुल थरंगा

श्रीलंका क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनर्बहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरूलाई नियुक्त गरेको छ । बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरंगालाई दुई वर्षका लागि पाँच सदस्यीय छनोट समितिको प्रमुखमा नियुक्त गरेको छ । 

श्रीलङ्का क्रिकेट बोर्डले एक विज्ञप्तिमा भनेको छ, ‘छनोटकर्ताहरूको पहिलो काम आगामी महिना जिम्बाब्वेविरुद्ध छ खेलको सेतो बलको शृङ्खलाका लागि टिम छनोट गर्नुहुनेछ ।’

छनोट समितिका अन्य सदस्यमा पूर्वक्रिकेटर अजन्था मेन्डिस, इन्डिका डि सरम, थरङ्गा परनाविताना र दिलरुवान परेरा रहेका छन् । उनीहरूले पूर्वखेलाडी प्रमोदय विक्रमासिङ्घेको अध्यक्षतामा रहेको प्यानलबाट जिम्मेबारी सम्हाल्ने छन् । 

यस वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा श्रीलङ्काको खराब प्रदर्शनका लागि विक्रमासिङ्घेको प्यानलको खराब छनोटलाई दोष दिइएको थियो । दिवालिया भएको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट लामो समयदेखि भ्रष्टाचारको आरोपमा फसेको छ । यसको परिणाम गत महिना बोर्डको बर्खास्तका रूपमा भएको थियो । 

बोर्ड बर्खास्त गर्ने कदमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई अधिकारीहरूमाथि राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै श्रीलंका क्रिकेटलाई निलम्बन गर्नका लागि प्रेरित गर्‍यो । 

मङ्गलबार खेलमन्त्री हरिन फर्नान्डोले निलम्बन समाप्त गर्नका लागि बर्खास्तलाई रद्द गरे । आइसिसीले अलिहेसम्म बोर्डको पुनरबहालीका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।  





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार ७:३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया