११ महिनाको अवधिमा ४५ पत्रकार मारिए

पछिल्लो दुई महिनामा गाजामा पत्रकारको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारको सङ्ख्यामा भने कमी आएको मिडिया वकालत समूह रिपोर्टस् विदाउट बोडर्स (आरएसएफ) ले जनाएको छ ।  

आरएसएफको वार्षिक प्रतिवेदनअनुसार सन् २०२३ को पहिलो ११ महिनामा कामका क्रममा ४५ पत्रकार मारिएका छन् । यो आँकडा गत वर्ष ६१ थियो । ल्याटिन अमेरिकामा आएको ठूलो गिरावटका कारण सन् २००२ मा ३३ पत्रकारको मृत्युपछि यो वर्ष सबैभन्दा कम पत्रकार मारिएका छन् । 

गत ७ अक्टोबरमा इजरायल र इस्लामिक लडाकू समूह हमासबीच युद्ध सुरु भएपछि मध्यपूर्वमा करिब ६३ पत्रकार मारिएका छन् तर तीमध्ये १७ जना मात्रै आरएसएफको परिभाषामा परेका छन् ।  

आरएसएफका महासचिव क्रिस्टोफर डेलोयरले एएफपीलाई भने, ‘यसले गाजा क्षेत्रको त्रासदीबाट टाढा राख्दैन तर हामीले नियमितरूपमा गिरावट देखिरहेका छौँ, सिरिया र इराकमा युद्धका कारण सन् २०१२ मा र फेरि सन् २०१३ मा मारिएका एक सय ४० पत्रकारहरूको तुलनामा यो धेरै टाढा छ ।’ 

उनका अनुसार यो गिरावट अन्तर–सरकारी सङ्गठनहरू र गैरसरकारी सङ्गठनहरूले दण्डहीनताविरुद्ध लड्ने प्रयासहरूका साथै स्वयं पत्रकारहरूले पुर्याएको अधिक ‘विवेकशीलता’ का कारण भएको हो । 

७ अक्टोबरपछि मध्यपूर्वमा आफ्नो पेसा निर्वाह गर्ने क्रममा मारिएका १७ पत्रकारमध्ये १३ गाजामा इजरायली हमलामा मारिएका छन् भने तीन लेबनानमा र एकजना हमासद्वारा इजरायलमा मारिएका छन् ।



आरएसएफले यी मृत्युलाई लिएर ‘युद्ध अपराध’ का लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरी दायर गरिएको नोभेम्बरमा बताएको थियो । 



  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १४:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया