गाजा युद्ध केही महिना चल्छ : इजरायली रक्षामन्त्री
गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १८ हजार ६००

इजरायलका रक्षामन्त्रीले बिहीबार एकजना शीर्ष अमेरिकी अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएको मन्त्रालयले जनाएको छ।

इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भेट्ने क्रममा रक्षामन्त्री योभ ग्यालान्टले भने, ‘युद्ध केही समय चल्छ, तर त्यसमा विजय प्राप्त हुनेछ।’

बिहीबार मात्रै इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । आक्रमणमा दर्जनौँ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणीगाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्याइएको छ ।

गाजा सहरको केन्द्रमा रहेको अल–दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह सहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।



इजरायली सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० जना मेडिकल स्टाफलाई गिरफ्तार गरेको मन्त्रालयले जनाएको छ।

इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरू बीच लडाइँ जारी छ ।  अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १८ हजार ६००  पुगेको छ ।



  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार २३:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया