गाजामाथि इजरायलको आक्रमण तीव्र, १८ हजार बढी मारिए

इजरायलले गाजा पट्टीको आक्रमणलाई तीव्रता दिएको बताएको छ । इजरायलले गाजाको सिमानामा आक्रमण गर्दा त्यहाँ बसोबास गर्ने धेरै परिवारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा १८ हजार ६०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्भे रिसर्चले गरेको सर्वेक्षणले जनतामा हमासलाई समर्थन भने बढ्दै गएको देखाएको छ ।

त्यस्तै, गाजाको दक्षिणी किनारमा अस्थायी पालमा बसेका महिला र पुरुषहरू रफाहको शव गृहमा रोइरहेको भिडियो सार्वजनिक भएका छन् । बुधवार राति भएको हवाई हमलामा मारिएकाहरूको शव रगतले लतपतिएको कफनमा बेरिएको छ । त्यसमा केही साना बालबालिका पनि परेका थिए । 

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले आक्रमणहरू अमानवीय भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइलाई अस्वीकार गरेको छ । बाइडेनले अन्धाधुन्ध बमबारी नगर्न इजरायललाई आग्रह गरेका थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तिमसम्म युद्ध जारी राख्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि आफूलाई कसैले रोक्न नसक्ने हमासका आतंककारीहरूलाई समाप्त पार्ने योजनाबाट पछि नहट्ने बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार ७:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया