एकैदिन दुई सय रुपैयाँले बढ्यो कुरीलोको भाउ, अरु तरकारी कतिमा हुँदै छ किनबेच ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  आजका लागि हरियो तरकारीको मूल्य तय गरेको छ । बिहीबार प्रतिकेजी ६०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको कुरीलो एकैदिन २०० रुपैयाँले भाउ बढेर आज ८०० रुपैयाँ पुगेको छ ।

समितिले तय गरेको तरकारीको मूल्यअनुसार शुक्रबार सुकेको प्याजप्रतिकेजी न्यूनतम मूल्य १ सय ४० रुपैयाँ निर्धारण भएको छ । बिहीबारको तुलनामाआज प्याजको मूल्य प्रतिकेजी ५ रुपैयाँ घटेको छ । 

आज नेपाली ठूलोगोलभेडा हिजोको तुलनामा प्रतिकेजी ५ रुपैयाँले बढेर न्यूनतम मूल्य ५० रुपैयाँ पुगेको छ । शुक्रबार हरियो तरकारीको मूल्यमा बिहीबारको तुलनामा प्रतिकेजी दुई सय रुपैयाँसम्म मूल्य बढेर आएको छ । आज कन्य च्याउको मूल्य २० रुपैयाँले बढ्दा डल्य च्याउमा भने प्रतिकेजी ४० रुपैयाँ मूल्य घटेको छ । 

यस्तै, समितिले सानो गोलभेडा लोकल १५ रुपैयाँ, रातो आलु ३५, सेतो आलु ३४, गाजर प्रतिकेजी ४०, बन्दा लोकल ३०,  स्थानीय काउली २५, मूला रातो १०, सेतो मूला १२, भन्टा लाम्चो ३०, मकै बोडी६०, मटरकोशा १२०, घिउ सिमी लोकल ७०, राजमा सिमी १३०, लौका ५०,परवल लोकल ७०, भिण्डी९०, फर्सी पाकेको ३०, हरियो फर्सी लाम्चो४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 

शुक्रबाररायोको साग २५, पालुंगो ११०, चमसुर ११०, तोरी ३०, हरियो प्याज ८०, च्याउ कन्य १८०, डल्ले च्याउ २६०, कुरीलो ८००, ब्रोकाउली ५० रुपैयाँ तोकिएको छ । शुक्रबार फलफूलको मूल्य भने बिहीबारको तुलनामा स्थिर रहेको छ ।

फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै,केरा १४०,कागती १२०,अनार ३५०,कालो अंगुर २५०,सुन्तला नेपाली १००,मौसम १४०,जुनार २४०, आभोकाडो २०० र किवि २०० रुपैयाँ तोकिएको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार ९:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया